बैतडी : नेकपा (माओवादी केन्द्र)ले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको अभियान सुरु गर्दैछ। अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयवासीसँग भेटघाट गर्नुका साथै ज्ञापनपत्र समेत बुझेका छन् ।
भेटघाटका क्रममा स्थानीयले उठाएका मुख्य समस्याहरूमध्ये खानेपानी र सिँचाइ प्रमुख रहेको र त्यसको समाधान गर्न सहयोग गर्ने अध्यक्ष प्रचण्डले प्रतिबद्वता जनाए । अध्यक्ष प्रचण्डले स्थानीय जनताको माओवादी प्रतिको आकर्षण उल्लेखनीय रहेको बताए ।उनले भने, ‘तराईको अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ । अबका दिन माओवादी र जनताको दिन समग्रमा हाम्रो हुनेछ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij