Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मेरिटोक्रेसीबारे ओली : म प्रधानमन्त्री हो, तर म एक्लै त छैन नि देशमा

मेरिटोक्रेसीबारे ओली : म प्रधानमन्त्री हो, तर म एक्लै त छैन नि देशमा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक क्षेत्रमा साँच्चैको मेरिटोक्रेसी लागू गर्न चुनौती दिएका छन् । बिहीबार काठमाडौँमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्दा मेरिटोक्रेसीको आधारमा गरेको दाबीप्रति लक्षित गर्दै साँच्चिकैको मेरिटोक्रेसी लागू गर्न चुनौती दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘आजकाल अब मेरिटोक्रेसी । भन्न हुँदैन, मेरिटोक्रेसी भन्ने । जाँच लिएझैँ गर्ने । जाँचकी आफ्नै, पेपर काट्ने आफ्नै, इन्टरभ्यु लिने आफ्नै, कसको नाम निकालौँ हजुर भनेर सोधेर फलानाको निकाल भनेपछि निकाल्ने । अनि मेरिटोक्रेसीका धाक लगाउने । साँच्चैको मेरिटोक्रेसी गरौँ न । जाँच नै लिने भए जाँच नै लिऔँ । तर फेयरली लिऔँ । मेरो नीति त्यो हो । कति सक्छु कार्यान्वयन गर्न म एक्लै छैन, यो देशमा । म प्रधानमन्त्री हो तर म एक्लै त छैन नि । त्यसो भएर मैले सकेसम्म मेरिटोक्रेसी कायम गर्ने हो ।’

प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीको विषयमा आफूले सकेको जति गर्ने र देशको नेतृत्व लिने व्यक्ति आफू मात्रै नभएको बताए । देशको नेतृत्व आफूले गरेको भए पनि सत्ता साझेदारहरूसँगको सहकार्य जरुरी रहेकाले योग्यताको आधारमा सबै नियुक्ति गर्ने कुरामा हस्तक्षेप हुनसक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट