Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता दुई बालिकाको खोजी सुरु

त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता दुई बालिकाको खोजी सुरु

काठमाडौं :  त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जना बालिकाको खोजी सुरु भएको छ । मंगलबार त्रिशुलीमा नुहाउने क्रममा बेपत्ता भएका ११ वर्षीय जेनी डंगोल र ११ वर्षीय सदिक्षा राईको खोजी सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको सशस्त्र प्रहरीले जनाएको छ ।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ कचौडे भिरस्थित त्रिशुली नदीमा नुहाउने हुँदा उनीहरु बेपत्ता भएका थिए । सोलगत्तै उनीहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिरबहादुर तामाङ्गको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको सशस्त्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij