Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अल्ट्राभोइलेट राइड: काठमाडौँदेखि नगरकोटसम्म !

अल्ट्राभोइलेट राइड: काठमाडौँदेखि नगरकोटसम्म !

काठमाडौं : काठमाडौंदेखि नगरकोटसम्म हुने ‘अल्ट्राभोइलेट राइड’ जेष्ठ ३ गते (शनिबार) आयोजना हुँदैछ। केडिया अर्गनाइजेसनका बिजनेस हेड नवराज कोइरालाका अनुसार राइड काठमाडौंको नक्सालस्थित शोरुमबाट सुरू भई माइतीघर-नयाँ बानेश्वोर-भक्तपुर हुँदै नगरकोटमा पुगेर समापन हुनेछ।

उक्त राइडमा अल्ट्राभोइलेटसँगै २०० सीसी माथिका अन्य कम्पनीका बाइक राइडरहरू सहभागी हुने कोइरालाले जानकारी दिए । अफरोड र अनरोड दुवैको अनुभव दिलाउनका लागि यो राइड आयोजना गरिएको उनले बताए । राइडका लागि आवश्यक पर्ने बाइक र पेट्रोलको खर्च सहभागी राइडरहरूले आफैं व्यवस्था गर्नुपर्नेछ भने अन्य खर्च कम्पनीले व्यहोर्ने कोइरालाले स्पष्ट पारे।

कार्यक्रममा सहभागी हुन तपाईंले दिएको फारम  https://forms.gle/PN1JpGctuArKSWb29 भर्नु पर्ने हुन्छ। थप जानकारीको लागि ९८०२३५६३१० मा सम्पर्क गर्न सक्नु हुन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij