Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

जसपा नेपाल चितवन जिल्ला अध्यक्षमा अनुज जोशी

जसपा नेपाल चितवन जिल्ला अध्यक्षमा अनुज जोशी

चितवन  : जनता समाजवादी पाटी (जसपा) नेपालको चितवन जिल्ला अध्य्यक्षमा अनुज जोशी सर्वसम्मत चयन भएका छन । (सोमबार) भरतपुरमा भएको जसपा नेेपाल चितवनको प्रथम अधिवेशनले जोशीलाई सर्वसम्मत चयन गरेको हो ।

पाटीको उपाध्यक्षमा सरस्वती वर्देवा र ईमानसिंह लामा चयन भएका छन । सचिवमा शोभा वि.क, सह-सचिवमा आशिष मियाँ र अनुरोध चौधौरी चयन भएका छन । यस्तै पाटीको कोषाध्यक्षमा राजु टमाटा लगाएत २९ सदस्यीय जिल्ला कमिटि चयन भएको छ । चितवन जिल्लाको अधिवेशनमा पाटीको केन्द्रीय उपाध्यक्ष विधुत बज्राचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

पाटीको महासचिव रामकुमार शर्मा , कार्यकारिणी सदस्य तारा वि.क, वाग्मती प्रदेश अध्य्यक्ष जीवन तामाङ, ताम्सालिङ अध्य्यक्ष ज्ञानु लामा लगाएत छिमेकी जिल्लाको अध्य्यक्षको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij