Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सरकार कुशासनको अभ्यासकर्ता बन्यो : नारायणकाजी श्रेष्ठ

सरकार कुशासनको अभ्यासकर्ता बन्यो : नारायणकाजी श्रेष्ठ

गुल्मी : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार कुशासनको अभ्यासकर्ता बनेको बताएका छन् । मंगलबार प्रेस सेन्टर गुल्मीले तम्घासमा राखेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले सरकार भ्रष्टचारीलाई प्रोत्साहि गर्ने कुशासनको अभ्यासकर्ता बनेको बताएका हुन् ।

नेपाली जनतालाई सुन्दा पनि लाज भइरहेको बताउँदै उनले भने, ‘गर्भनर नियुक्ति विषयमा खिचातानी हुँदा देशमाथि नै खेलवाड भइरहेको छ । सरकारले विधिको शासनको धज्जी उडाएको छ ।’ पूर्वगृहमन्त्री समेत रहेका श्रेष्ठले सरकार निरंकुश बन्दै गएको पनि दावी गरे ‘सरकार निरंकुश बन्दै गइरहेको छ,’ श्रेष्ठले भने, ‘कसैको कुरा सुन्ने स्थिति छैन ।’ सरकारबाट पारदर्शिता छैन, छलकपट मात्रै भइरहेको छ ।’

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र सरकार भत्काउने र अर्को बनाउने खेलमा नरहेको जिकिर गर्दै उनले जनताको बीचमा गएर पार्टीलाई बलियो बनाउने अभियानमा केन्द्रित रहेको बताए । राजावादी र प्रतिगामी शक्तिलाई परास्त गर्ने अचुक औषधी सुशासन र समृद्धि भएको श्रेष्ठको भनँइ छ । ‘नेपाली जनताको अपेक्षा अनुसार आर्थिक विकास र समृद्धिको प्रक्रियाले गति लिन नसक्दा जनता निराश भएका हुन्,’ उनले भने, ‘त्यो निराशामाथि खेल्दै राजावादीहरूले गतिविधि गरिरहेका छन् । खासमा जनतालाई राजा ल्याउनु छैन, भ्रष्टाचार र कुशासन भगाउनुछ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij