Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्री ओलीले भने– हामीले भारत–पाकिस्तानलाई नलड्न सुझाव दियौं

प्रधानमन्त्री ओलीले भने– हामीले भारत–पाकिस्तानलाई नलड्न सुझाव दियौं

२९ वैशाख, बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच हात हालाहाल हुन लागेको तर आफूहरुले त्यसो नगर्न सुझाव दिएको बताएका छन् ।आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले सो कुरा बताएका हुन् ।

उनले भने, ‘भर्खर केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झण्डै झण्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर, हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् है यो । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर कामना गर्‍यौं । उहाँहरूसँग पनि कुरा गर्‍यौं, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’

बुद्ध जन्मस्थल लुम्बिनी विश्वमा शान्तिको सन्देश छर्ने पवित्र भूमि भएको उनले बताए । लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बुद्धका शान्ति, प्रेम र करुणा फैलाउने तथा संसारमै हिंसा नहोस् भन्ने सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गरे ।ओलीले बुद्धका सन्देश र आदर्श हरेक व्यक्ति, समाज, राष्ट्र र विश्वको शान्तिका अति उपयोगी रहेको बताए । बुद्धका सन्देशको थप खोज अनुसन्धान र विस्तारको काम लुम्विनी बौद्ध विश्व विद्यालयले गर्नु पर्ने प्रधानमन्त्रीले आग्रह गरे ।लुम्बिनीको गुरुयोजना अनुसार काम सकेसम्म छिटो पूरा गर्न सरकार लागेको उनले बताए ।

प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार जना क्षमताको सभा हल आफ्नै अग्रसरतामा निर्माण भएको स्मरण गरे । तर हलमा ध्वनी प्रणाली राम्रो नभएको टिप्पणी गर्दै उनले तत्काल सुधार गर्न निर्देशन दिए ।वक्ता बोलेको कुरा हलमा उपस्थित सबैले स्पष्ट सुन्न सकिने गरी बनाउन प्रधानमन्क्रीले निर्देशन दिए ।हलमा कार्यत्रम हुँदा विभिन्न भाषामा उल्था गर्ने जनशक्ति र प्रविधि व्यवस्था गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट