भक्तपुर : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज सेवा उपलब्ध गराउनु आफ्नो पहिलो दायित्व भएको बताउनुभएको छ ।आज भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष मुनिका क्यान्सर बिरामीलाई निःशुल्क उपचार सेवाको अनुगमन तथा पेडियाटिक अन्कोलोजी वार्ड तथा पिआइसीयु कक्षको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनु भएको हो ।क्यान्सर अस्पतालमा जग्गाको समस्या रहेको भन्दै उहाँले स्थानीय पालिकाले छिटो जग्गा उपलब्ध गराएर सेवा विस्तारमा लाग्न अनुरोध गर्नु भयो । राज्यको क्षमताले भ्याएसम्म सीमित पूर्वाधारभित्र बढीभन्दा बढी सेवा दिने गरी मन्त्रालय लागेको जानकारी दिनुभयो । नारायणी अस्पताल लगायत ८ वटा अस्पतालमा सेवा विस्तार भइसकेको जानकारी दिनु भयो ।
बिमा प्रणालीको विकासमा स्वास्थ्य मन्त्रालय थप गृहकार्य गरिरहेको भन्दै उहाँले यसमा मन्त्रालय मात्रै लागेर नहुने भन्दै निजी क्षेत्र र अन्य सम्बन्धित निकायहरूले पनि सहयोग गर्नुपर्ने धारणा राख्नु भयो ।बिपी कोइराला क्यान्सर अस्पताल, चितवन, कान्ति बाल अस्पताल, महाराजगन्ज र भक्तपुर क्यान्सर अस्पताल भक्तपुर गरी तीन वटा अस्पतालमा १४ वर्ष मुनिका क्यान्सर भएका बालबालिकाहरूको निःशुल्क उपचार भइरहेको र आजबाट आजबाट यस अस्पतालमा पेडियाटिकहरुको पनि सहजै सेवा मिलाइएको मन्त्री पौडेलले जानकारी दिनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij