Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सुगम पोखरेलको ‘यति छिटो’ गीत सार्वजनिक

सुगम पोखरेलको ‘यति छिटो’ गीत सार्वजनिक

काठमाडौँ : गायक सुगम पोखरेलले ‘यति छिटो’ बोलको गीत सार्वजनिक गरेका छन्। भूषण खरेको शब्द रहेको उक्त गीतको संगीत जेम्स प्रधानले दिएका हुन्।करिब २ दशक अघि नै रेकर्ड गरिएको यो गीत गीतकार भूषण खरेल को जन्मदिनको अवसर पारेर गीत सार्वजनिक गरिएको हो। गीतकार भूषण खरेलका म रोए पनि तिमी हाँसिदिनु, कति बस्छौ ओढी लाजको घुम्टो, बिहानी पहिलो किरणसँगै लगायत गीतहरू चर्चित छन्।

यति बेला संगीत श्रोताहरूको स्वाद फेरिए पनि यो गीत ले केही वर्ष अगाडिको संगीत सम्झाउने आशा सुगमले लिएका छन्। गीतको भिडियोमा सुगमसँगै सबिना राउतको अभिनय देख्न सकिन्छ। उक्त म्युजिक भिडियोलाई दिनेश थापाले छायाङ्कन, सम्पादन तथा निर्देशन गरेका हुन्। गीतको म्युजिक भिडियो सुगम पोखरेलको युट्युबमार्फत सार्वजनिक गरिएको हो।

https://youtu.be/-vVNk--TkDM

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij