Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सांसदले मागे सरकारको जवाफ- भारत–पाकिस्तान तनावबाट जोगिने तयारी कस्तो छ ?

सांसदले मागे सरकारको जवाफ- भारत–पाकिस्तान तनावबाट जोगिने तयारी कस्तो छ ?

काठमाडौं : सांसदहरूले भारत र पाकिस्तानबीच जारी तनावले नेपालमा पर्न सक्ने प्रभावपछिको तयारीबारे सरकारसँग जानकारी मागेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले भारत र पाकिस्तानबीचको तनावले आपूर्ति लगायतमा प्रभाव पर्न सक्ने बताए । नेपालमा पर्न सक्ने सम्भावित प्रभावबारे सरकारले कुनै तयारी गरेको छ कि छैन भन्दै उनले तयारीबारे सरकारले छलफल गर्नुपर्ने र त्यसबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग गरे ।

नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले भारत र पाकिस्तानमा रहेका नेपालीहरू र नेपाली विद्यार्थीहरूमाथि बढेको जोखिमबारे नेपालले ख्याल गर्नुपर्ने बताए ।नेकपा एमाले सांसद सरस्वती सुब्बाले खुला सीमा लगायतका कारणले नेपालमा सुरक्षाको विषयमा हुन सक्ने जोखिमलाई सरकारले ख्याल गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट