Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बागमती प्रदेशको कमाण्ड डिआईजी पौडेलको काँधमा

बागमती प्रदेशको कमाण्ड डिआईजी पौडेलको काँधमा

काठमाडौं : बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुण पौडेलले पदभार ग्रहण गरेका छन् । नेपाल सरकार तथा गृह मन्त्रीस्तरीय निर्णयानुसार पौडेलको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा भएको थियो ।

बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भई गएका प्रहरी नायब महानिरीक्षक पौडेललाई प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत तथा जवानहरुले बागमती प्रदेश प्रहरी कार्यालयमा स्वागत गरेका थिए ।

पदभार गरेपछि प्रदेश प्रहरी प्रमुख पौडेलले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ गर्ने, प्रहरी कर्मचारीको मनोवलमा बृद्धि गरी कार्यमा लगाउन उत्प्रेरणाका क्रियाकलाप संचालन गर्ने लगायतको विषयहरु आफ्नो प्रमुख प्राथमिकताका क्षेत्रहरु भएको हुँदा सोही अनुसार कार्यसम्पादन गर्न गराउन हुन कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका थिए ।

उनी प्रहरी संगठनमा सक्षम तथा भिजिनरी भएका प्रहरी अधिकृत मानिन्छन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij