Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

संविधान र व्यवस्थाविरुद्ध गतिविधि गर्नेलाई सरकारले छोड्दैन : गृहमन्त्री

संविधान र व्यवस्थाविरुद्ध गतिविधि गर्नेलाई सरकारले छोड्दैन : गृहमन्त्री

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्था विरोधी अराजक गतिविधि गर्नेलाई संविधान र कानुन अनुसार कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताएका छन् । प्रतिनिधिसभाको बिहिबार बसेको बैठकमा गत चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शनबारे जानकारी गराउँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

घटनाका क्रममा संविधान र व्यवस्था विरोधी गतिविधि गर्ने निजि र सरकारी सम्पत्तिमा क्षति पुर्‍याउनेहरूलाई पक्राउ गरी अधिकारप्राप्त निकायले अनुसन्धान गरिरहेको जानकारी दिए । उनले तीनकुनेको घटना संविधान र व्यवस्था विरुद्धमा रहेको ठहर सरकारले गरेको बताए । उनले वर्तमान सरकारलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध हुने कुनै पनि गतिविधि सैय नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट