काठमाडौं : राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले नीति तथा कार्यक्रममाथिको छलफल व्यर्थको बहस भएको बताएकी छन् ।दलहरूबाट आएका राम्रा सुझावहरूलाई समावेश नगरी जस्ताको तस्तै पास गर्ने परिपाटी रहेकाले यस्तो बताएकी हुन् ।नीति तथा कार्यक्रमलाई समृद्ध बनाएर ल्याउन सकिने भए पनि साझा सहमतिका आधार तय गरी अगाडि बढ्ने कुरामा कन्जुस्याइँ भइरहेको उनको भनाइ छ ।
उनले भनिन्,‘नीति तथा कार्यक्रममाथिको छलफल गर्ने । तर, त्यसमा विभिन्न क्षेत्र, राजनीतिक दलहरूबाट आएका राम्रा सुझावहरूलाई समावेश नगरी जस्ताको तस्तै पास गर्ने परिपाटीले व्यर्थको बहस मात्र बनेको छ । नीति तथा कार्यक्रमहरूको औचित्य जबसम्म हामी सबैको सुझावसहित अझ समृद्ध बन्दैन भने यो औचित्यहीन जस्तो मलाई लाग्छ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij