Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बागमती प्रदेशसभाको बजेट अधिवेशन जेठ ५ मा आह्वान

बागमती प्रदेशसभाको बजेट अधिवेशन जेठ ५ मा आह्वान

काठमाडौं : बागमती प्रदेश सभाको सोह्रौं अधिवेशन सरकारले आगामी ५ जेठबाट सञ्चालन गर्ने तयारी भएको छ ।हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सोह्रौं अर्थात बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा छन् ।यसैगरी, सोह्रौं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

प्रदेश सरकारले आगामी आवको लागि बजेट निर्माणको तयारी गरिरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १४ वटा मन्त्रालयलाई गत ४ वैशाखमा ५५ अर्बको बजेट सिलिङ तोकेको थियो ।बागमती प्रदेश सभाको पन्ध्रौं अधिवेशन गत २० चैतमा अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट