Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नीति तथा कार्यक्रममाथिको छलफलमा नाउपा र जनमतको अवरोध

नीति तथा कार्यक्रममाथिको छलफलमा नाउपा र जनमतको अवरोध

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी र जनतमत पार्टीले संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा अवरोध गरेका छन् ।प्रतिनिधिसभा बैठकमा दुवै दलले रेशम चौधरी पक्राउ परेको घटनामा सरकारको जवाफ माग्दै अवरोध गरेका हुन्।

नागरिक उन्मुक्ति पार्टीले संसदमा उठाएको विषयमा सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ समेत गराइसकेका छन्। तर, पनि उनीहरूले अवरोध जारी राखेका छन्।यसअघि ,बैठकको आकस्मिक समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट