Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन हुनुपर्छ : रञ्जिता श्रेष्ठ

रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन हुनुपर्छ : रञ्जिता श्रेष्ठ

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले वैशाख १७ गते पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छन् ।मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै पार्टी अध्यक्ष श्रेष्ठले पक्राउ परेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेकी हुन्।उनले एक कर्मचारीको व्यक्तिगत आक्रोशका कारण कानुनी प्रक्रियाबिना चौधरीलाई गिरफ्तार गरिएको दावी गरिन् ।

उनले भनिन्, ‘ कसरी एक निर्वाचित प्रतिनिधि कसरी कार्यक्रमस्थलबाटै पक्राउ पर्छन्। कसरी राज्यका संयन्त्रहरूले एक व्यक्तिगत रिसिवीलाई कानुनभन्दा माथि राख्छन्। यो घटनाको गहिरो अध्ययन होस ।’

उनले एकजनाको गिरफ्तारी मात्रै नभई समग्र संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको बताईन् ।चौधरीप्रति भएको व्यवहारको सार्वजनिक जवाफ समेत आउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट