काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको भूमि चीन बिरुद्धमा प्रयोग हुन नदिने बताएका छन् ।जीपी कोइराला फाउन्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल–चीन सम्बन्धबारे कार्यक्रममा यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेको सभापति देउवाले नेपालले ‘एक चीन नीति’ बताए र त्यसमा प्रतिवद्ध रहेको बताए ।उनले भने, ‘एक चीन नीति नेपालले लिएको छ । मित्रराष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन भन्ने विश्वास म दिलाउन चाहन्छु ।’
उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, संस्कृति, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij