Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता युवकको शव फेला

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता युवकको शव फेला

कास्की :  जिल्लाको पोखरा महानगरपालिका–१४ खाल्टेमसिनास्थित सेती नदिमा बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । मृत्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिका–३ घर भई हाल सोही महानगरपालिका स्थित मझेरीपाटन बस्ने १८ वर्षीय युवराज विक रहेका छन् ।

विक सेतीमा पौडी खेल्ने क्रममा गत वैशाख २२ गते दिउँसो २ बजे डुबेर बेपत्ता भएका थिए । घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा टोली खटिएको थियो ।  उक्त गोताखोरसहितको सुरक्षा फौजले अन्दाजी १८ फिटको गहिराईबाट घटनाको करिब डेढ घन्टा पछि उनको शव बाहिर निकालेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij