Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने भएका छन् ।संघीय संसद्‍ र राष्ट्रिय सभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ मंगलबार दिन लागेका हुन् ।यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेका थिए ।

त्यसमाथि आज देखि छलफल हुन लागेको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट