Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

माधवकुमारले भने – प्रधानमन्त्री, मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिमा जानकारी हुदैँन्

माधवकुमारले भने – प्रधानमन्त्री, मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिमा जानकारी हुदैँन्

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरुले वैदेशिक भ्रमणबारे पूर्वजानकारी र ब्रिफिङ समितिलाई नगरेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।प्रधानमन्त्री तथा मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिको जानकारीबिनै भइरहेको बताएका थिए ।

उनले भने, ‘हाम्रा मन्त्री र प्रधानमन्त्रीहरूको विदेश भ्रमणको बारेमा समितिलाई जानकारी अनिवार्य गराउनुपर्छ । यसको आवश्यकता उहाँहरूलाई पनि बोध गराउनुपर्छ ।’विश्व समुदायमा भइरहेका कतिपय घटनाहरू नेपालसँग जोडिएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबारे समितिलाई जानकारी गराउन समिति सभापतिको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट