Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सिंहको प्रश्न- लेखा समितिले प्रधानमन्त्रीलाई राजाभन्दा बढी मान्यो, किन बोलाउन नसकेको ?

सिंहको प्रश्न- लेखा समितिले प्रधानमन्त्रीलाई राजाभन्दा बढी मान्यो, किन बोलाउन नसकेको ?

काठमाडौं : स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सार्वजनिक लेखा समिति सरकारको छाया बनेको आरोप लगाएका छन् । आइतबार बसेको समितिको बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘लेखा समिति आजको दिनमा सरकारको छाया हो । यस्तो हुन हुँदैन । लेखा समिति संसद्को छाया हुन हुँदै हुँदैन,’ उनले भनेका छन् । साथै, उनले समितिको बैठकमा लेखा समितिको बैठकमा प्रधानमन्त्री र मुख्य सचिवलाई नबोलाएको भन्दै आपत्ति जनाए ।

‘मुख्यसचिव र प्रधानमन्त्रीलाई बोलाउन सकेको छैन । लेखा समितिले प्रधानमन्त्रीलाई राजाभन्दा बढी मान्छ, उसले बोलाउनै हुँदैन भन्छ,’ उनले प्रश्न गरे, ‘दुई वर्षसम्म किन प्रधानमन्त्री र मुख्यसचिवलाई बोलाउन नसकेको ?’

पहिला पहिला लेखा समितिसँग मान्छेहरू डराउने भएको भए पनि अहिले त्यस्तो वातावरण नभएको बताए । ‘लेखा समितिले यहाँको भ्रष्टाचारलाई सहजीकरण गरिरहेको छ । कन्ट्रोल गर्नका लागि एउटै पनि काम भएको छ भने मलाई देखाउनुहोला ,’ उनले भने । सांसद सिंहले कुनै पनि समिति बनाउँदा तीनवटा भन्दा बढी टीओआर बनाउन नहुने पनि भनाइ राखे । लेखा समितिको आजको बैठकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट