Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बैंकर र व्यवसायी छुट्याउन आवश्यक : डा. स्वर्णिम वाग्ले

बैंकर र व्यवसायी छुट्याउन आवश्यक : डा. स्वर्णिम वाग्ले

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बैंकर र व्यवसायी छुट्याउन आवश्यक रहेको बताएका छन् ।आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा बोल्दै यस्तो बताएका हुन् ।

उनले आफू बैंक–व्यवसायी छुट्याउने पक्षमा रहेको उल्लेख गरे। बैंक–व्यवसायी छुट्याउन हुने वा नहुनेमा धेरै बहस भइरहेको अवस्था आफू बैंक–व्यवसायी छुट्याउने पक्षमा रहेको बताए ।उनले अन्तराष्ट्रिय अभ्यासलाई पनि हेरेर विधेयक बनाउन आवश्यक रहेको बताए । उनले भने,‘बैंक–व्यवसायी छुट्याउन हुने वा नहुनेमा धेरै बहस भइरहेको छ, अहिलेको समयमा कतिको यो व्यवहारिक हो भन्दै एउटा समूहले प्रश्न उठाइरहेको छ ।तर मेरो भनाइ छुट्याउनै पर्छ भन्ने नै छ। किनकी स्वार्थ बाझिन्छ। अहिले बिचौलिया राज जुन भइरहेको छ, पार्टीहरु कब्जामा छन्। आर्थिक संस्थाहरु कब्जामा छन् ।’

उनले व्यवसायीको बैंकमा एकाधिकार बढ्दै जाँदा उनीहरु हावी हुने अवस्था आएको बताए । उनले विधेयकमा यसलाई तोड्नैपर्ने धारणा राखे ।उनले भावनामा बगेर भन्दा पनि आवश्यक अध्ययन तथ्यका आधारमा बैंक–ब्यवसायी छुट्याउने निर्णय लिनु पर्नेमा जोड दिए ।उनले विधेयकलाई सकेसम्म व्यवहारिक बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट