Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी उनको लिखित जवाफ माग्न आदेश दिएको छ ।कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उनको लिखित जवाफ माग्ने आदेश गरेको हो ।

प्रतिनिधिसभा संसदसमेत रहेका थापाले लोकतन्त्र दिवसको अवसरमा गत बिहीबार आयोजित एक कार्यक्रममा संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति विवादमा सर्वोच्च अदालतले ‘डिल’ गरेको अभिव्यक्ति दिएपछि अदालत अवहेलना मुद्दा दायर भएको थियो ।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनन्तराज लुईटेल,प्रतिभा उप्रेती र विशाल थापाले थापाविरुद्ध सर्वोच्च अदालतमा अदालत अवहेलना मुद्दा दायर गरेका हुन्।विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट