काठमाडौं : नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई विपक्षी दलहरूले सरकार ढाल्ने अस्त्र बनाएको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले शिक्षक महासंघका भूमिकामाथि समेत प्रश्न उठाएका छन्।
गैरेले भने ,‘हामीले देखिरहेका छौँ। शिक्षक महासंघका साथीहरू प्रधानमन्त्रीसँग छलफल गरेर फर्किँदा उत्साहित भएर फर्किएको समाचारहरू आउँछन्। सत्तारुढ दलको नेता र मन्त्रीहरूको बैठकमा पनि शिक्षक साथीहरू खुसी भएर फर्किएको देखिन्छ। जब बाहिर आउनुहुन्छ समस्या जहाँको त्यही हुन्छ।’शिक्षक महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँगको बैठकपछि खुसी भएर फर्किए पनि बाहिर गएपछि अमिलो अनुहार लगाउने गरेको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij