Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

गंगा चौधरीले भनिन् – जब मदन भण्डारीको हत्या भयो, त्यतिखेरै ‘जबज’ त्रिशूलीमा बगिसक्यो

गंगा चौधरीले भनिन् – जब मदन भण्डारीको हत्या भयो, त्यतिखेरै ‘जबज’ त्रिशूलीमा बगिसक्यो

काठमाडौं : नेकपा एमालेकी पूर्व सांसद गंगा चौधरीले जनताको बहुदलीय जनवाद (जबज) त्रिशूली नदीमा बगेको बताएकी छन् ।राप्रपा नेपालले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।उनले मदन भण्डारीको हत्या भएसँगै त्रिशूली नदीमा जबज बगेको बताएकी थिईन् ।

उनले भनिन् ,‘एमाले पार्टीभित्र जब मदन भण्डारीको हत्या भयो, त्यतिखेर त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद बगिसकेको छ ।’एमाले परित्याग गरेर शिवसेना नेपाल अभियानमा संलग्न भएकी चौधरी पछिल्लो समय राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिमा सक्रिय भएकी छिन् ।

उनले सम्बोधनको क्रममा प्रहरी परिवारकै भएका कारण माओवादी जनयुद्धको बेलामा आफ्नो ससुराले ज्यान गुमाएको भन्दै उक्त घटना बिर्सन नसक्ने बताइन् ।देश जोगाउने हो भने सबैले स्वार्थ छाडेर राष्ट्रको झण्डामुनि उभिनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट