Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

'यो सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरुको हुल पर्‍यो'

'यो सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरुको हुल पर्‍यो'

काठमाडौँ : राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले देशमा गुण्डाहरुको शासन भएको आरोप लगाएका छन् । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सोमवार काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले केपी ओली नेतृत्वको सरकार गुण्डाहरुको हुल भएको जिकिर गरे ।

उनले भने, ‘यो सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरुको हुल पर्‍यो । यो पुलिस भएको भए सुन्थ्यो यो त पार्टीको कार्याकर्ता पर्‍यो । यो सिडियो भएको भए सुन्थ्यो, यो त दलको कार्यकर्ता पर्‍यो । हामीलाई देशको प्रशासन चाहियो । आज देशमा प्रशासन छैन, दलको प्रशासन छ । पार्टीका प्रशासन छ । जबसम्म देशको प्रशासन हुँदैन, आज हामीले दुईजना शहीदलाई माला लगायौँ, म दुःखका साथ भन्छु अब यस्ता धेरै शहीदहरु जन्मिने डर भयो ।’ उनले देशमा भइरहेका विभिन्न आन्दोलन र प्रदर्शनहरुमा सरकारको ध्यान नपुगेको समेत बताए ।

अध्यक्ष बिष्टले मनमोहन अधिकारी, मदन भण्डारीलगायत एमालेकै नेताहरुले नेपालको सन्दर्भमा राजा अवश्यक भएको भनेकाले पनि नेपालमा राजाको स्थान आवश्यक भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट