Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

गगन थापाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

गगन थापाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

काठमाडौं : नेपाली कांग्रेस महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अदालत अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ।अधिवक्ता तथा पूर्व पत्रकार अनन्त लुइँटेलले आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । सर्वोच्च प्रशासनले उनको रिट निवेदनमा मंगलबारको पेसी तोकिदिएको छ ।महामन्त्री थापाविरुद्ध अवहेलना मुद्दा दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए।

प्रतिनिधिसभा संसदसमेत रहेका थापाले लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति विवादमा सर्वोच्च अदालतले ‘डिल’ गरेको अभिव्यक्ति दिएका थिए।उनले आयोगका पदाधिकारीहरूको कार्यकाल सकिने समय भइसक्दा समेत नियुक्ति नगरेको भन्दै अदालतले डिल गर्‍यो भने अब यसको विश्वसनीयता के रहन्छ ? भन्दै प्रश्न समेत गरेका थिए।

थापाले भनेका थिए–‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुई– तीन वर्षदेखि तँलाई हान्दिऊँ हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याइ भन्छ, कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ,।’

उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै लुइँटेल, अधिवक्ता विशाल थापालगायतले आज थापाविरुद्ध अदालत अवहेलना मुद्दा दायर गरेका हुन्।विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट