इच्छाकामना : योङ्ग कम्यूनिष्ट लिग (वाइसिएल) नेपाल इच्छाकामनाको अध्यक्ष पुन : राजेश गुरुङ झलक निर्वाचित भएका छन् । आज मुग्लिनमा सम्पन्न दोश्रो गाउँ सम्मेलनबाट झलक पुन ः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
यसैबिच उपाध्यक्षमा महेन्द्र गुरुङ, नविन गुरुङ, कुुसुम भुजेल, सचिवमा नविन गुरुङ, सह–सचिवमा ज्ञानी परियार,अनुराग गुरुङ र कोषाध्यक्षमा एलिस गुरुङ चयन भएका छन् । अधिवेशनले २८ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन गरेको वाइसियल इच्छाकामनाले जनाएको छ
साथै सो अवसरमा पार्टी कार्यालयका लागि जग्गा दान गर्ने पार्टी प्रदेश सदस्य सावित्रा सिलवाल र गाउँ कमिटी सदस्य ऋषिराम सिलवाललाई सम्मान गरिएको थियो । साथै जिल्ला सदस्य दान बहादुर गुरुङ र गाउँ कमिटी सचिव पवन गुरुङलाई पनि सम्मान गरिएको थियो ।
वाइसिइल इच्छाकामनाका अध्यक्ष राजेश गुरुङ झलकको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा चितवनका इन्चार्ज घनश्याम दाहाल ‘अविनास’को प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा, वागमती प्रदेश सभा सदस्य इश्वर सापको, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, सचिव द्रोणबाबु सिवाकोटी, प्रदेश कमिटीका सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ, प्रदेश सदस्य सावित्रा सिलवाल,इच्छाकामना गाउँ कमिटी अध्यक्ष रामहरि कडेँल वाइसियल चितवनका अध्यक्ष दुर्लभ शाही,अखिल क्रान्तिकारी चितवनका अध्यक्ष सुुसन पौडेल लगायतको आतिथ्यतता रहेका थिए ।


© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij