Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्री ओलीले भने – देउवाजीले सरकार ढल्दैन भनेपछि विचरा विपक्षीहरू थचक्कै ढले

प्रधानमन्त्री ओलीले भने – देउवाजीले सरकार ढल्दैन भनेपछि विचरा विपक्षीहरू थचक्कै ढले

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला गर्ने विपक्षीहरू थचक्कै ढलेको बताएका छन् ।पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले थाइल्यान्डबाट फर्किएर देउवाले विमानस्थलमै सरकार नढल्ने दिएको जवाफले विपक्षीहरूलाई यस्तो बताएका हुन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जवाफका कारण विपक्षीहरू पुर्पुरोमा हात हालेर थचक्कै ढलेको उनको भनाई थियो ।उनले भने,‘‘शेरबहादुरजीले हिजै जवाफ दिनुभयो । खुई गरेर पुर्पुरोमा हात लगाएर विचराहरू थचक्क बसे । सरकार ढल्दैन भनेरपछि थुचुक्कै हुँदा रहेछन्, पुर्पुरोमा हात लगाएर ।’उनले देउवा थाइल्यान्ड भ्रमणबाट फर्कनुअघि सरकार ढल्ने भन्दै निकै हल्ला भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने,‘हिजोसम्म आगै बाल्न खोजेका थिए । शेरबहादुर देउवाजी फर्केर आउँदा एयरपोर्टबाटै सरकार ढल्छ कि जस्तो पारेका थिए । सरकार ढल्छ कि ढल्दैन भन्ने कुरामा नलाग्नुस्, त्यसको जिम्मा हामीलाई छाडिदिनुस्, आफ्नो काममा लाग्नुस् भनेको त प्रधानमन्त्रीले आश मारिसकेछन् भनेर अर्को भाषा प्रयोग गरियो । नेपाली भाषा बुझ्दैनन् कि ? के भएको हो त्यो बुझ्दिनँ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट