Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सरकार समाप्त हुँदैछ, अबको नेतृत्व माओवादीले गर्नुपर्छ : सापकोटा

सरकार समाप्त हुँदैछ, अबको नेतृत्व माओवादीले गर्नुपर्छ : सापकोटा

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले आफ्नो पार्टीमाथि अन्तर्राष्ट्रिय सर्वहारा वर्गले समेत आशा राखेको बताएका छन् ।राजधानीमा आयोजित सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।उनले अबको नेतृत्व माओवादीले गर्नु पर्ने बताए ।

पूर्वसभामुख समेत रहेका सापकोटाले भने,‘यो सरकार त समाप्त हुँदैछ । अब सिंगो राष्ट्रको नेतृत्व हाम्रो पार्टीले गर्नुपर्छ । अन्तर्राष्ट्रिय सर्वहारा वर्गले पनि हामीमाथि नै आशा राखेको छ । भोलि हामीले भूमण्डल नै थर्काउने गरी अभियान अघि बढाउनुछ ।’

भू–मण्डल नै थर्काउनेगरी विचार र कार्यक्रम अघि बढाउनुपर्ने उनको भनाइ थियो ।सापकोटाले वर्तमान सरका संवैधानिक नैतिकता विपरित बनेकोले यसको औचित्य नभएको बताए ।ठोस स्थितिको ठोस विश्लेषण गरेर अघि बढ्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट