काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसँग भएका सहमति अनुसार ऐन दिनैपर्ने बताएका छन् ।प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारीसहितका सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
प्रचण्डले भने,‘ शिक्षकसँग भएका सहमति अनुसार ऐन दिनैपर्छ । त्सका लागि छोटो बाटोबाट लानुपर्छ । शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण पनि सरकारले काम गर्नुपर्छ । अदालतले पनि आदेश जारी गरिसकेको छ । सरकार त्यसको निम्ति तयार देखिँदैन ।’
शिक्षकहरूको माग सम्बोधन गर्नका लागि सरकार तयार नभएको उनले बताए ।सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको प्रचण्डको आरोप थियो ।उनले शिक्षकहरूको माग सम्बोधनको जिम्मेवारीका लागि अघि बढ्न आफूहरू लाग्नुपर्ने बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij