Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको छ : प्रधानमन्त्री ओली

संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट विश्वमा शान्ति, मानवता र करुणा विस्तार भइरहेको बताएका छन् ।चौथो एशिया बौद्ध साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।उनले विश्वमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्कोतर्फ नेपालको अगुवाइमा गौतम बुद्धका महत्त्वपूर्ण विचार प्रवाह भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने,‘संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको छ । बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको छ ।’लुम्बिनी विश्वशान्तिको उदगम थलो भएको बताउँदै उनले युद्धबाट शान्तिको सम्भावना नहुने बताए ।

भगवान बुद्धको शान्ति र शिक्षाको महत्त्व बढ्दै गएको उनको भनाई थियो । विश्वभर नै बुद्धका विचार र शिक्षाहरू ग्रहण गर्नेहरू बढिरहेको बताउँदै उनले बुद्धको शिक्षालाई आत्मसाथ गर्ने बेला आएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट