Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने

जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने

काठमाडौं : जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते एकीकरण हुने भएको छ ।केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका दुई दलले त्यसलाई १७ गते औपचारिकता दिन लागेका हुन् ।जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार आगामी बुधबार बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा एकीकरण घोषणा हुनेछ ।

घोषणा कार्यक्रममा जनमतले पार्टीका केन्द्रीय सदस्य,भ्रातृ संस्था र संगठनका सबै सदस्यलाई उपस्थित हुन भनेको छ ।घोषणाको अघिल्लो दिन मंगलबार बेलुका ६ बजे जनमतले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । उक्त बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट