Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रेमबस्ती चोकमा बोलेरोले स्कुटरलाई ठक्करबाट महिलाको मृत्यु

प्रेमबस्ती चोकमा बोलेरोले स्कुटरलाई ठक्करबाट महिलाको मृत्यु

चितवन  : भरतपुरमा बोलेरो जिपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगर  वडा नम्बर ६ स्थित इन्द्रपुरी बस्ने ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छिन् । शुक्रबार दिउँसो साढे एक बजेको भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित प्रेमबस्ती चोकमा गितानगरबाट भरतपुर तर्फ अण्डा लिएर गइरहेको ना ५ च २६४४ नम्बरको बलेरोले सोही दिसा तर्फ गइरहेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको चितवन प्रहरीले जनाएको छ । ।

बोलेरोको ठक्करबाट स्कुटरमा सवार वाग्ले गम्भीर घाइते भएकी थिइन् । प्रहरीले उनलाई उपचारका लागि भरतपुर अस्पतालमा पठाएकोमा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए । दुबै सवारी साधान र मकवानपुरको मनहरी गाउँपालिका ६का २५ वर्षिय बोलेरो चालक पेमा लामालाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij