Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

शिक्षकहरूलाई लचिलो बन्न शिक्षा मन्त्रीको आग्रह

शिक्षकहरूलाई लचिलो बन्न शिक्षा मन्त्रीको आग्रह

काठमाडौँ : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूलाई मागमा लचिलो भएर वार्तामा बस्न र समस्या समाधानको उपाय खोज्न आग्रह गरेका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले भने, ‘सरकार शिक्षकहरूसँग वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न प्रतिबद्ध छ’, उनले भने, ‘शिक्षक साथीहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्दछु ।’

उनले संविधान, कानुन र बजेटको सीमाभित्र रहेर समस्याको समाधान खोजिने बताए । ‘संविधान, ऐन कानुनको सीमाभित्र र देशको बजेटले धान्ने सीमाभित्र हामी समाधान खोज्न तयार छौँ । सरकारका तर्फबाट मैले वार्ताको आह्वान गरिसकेको छु’,मन्त्री पन्तको भनाइ छ । मन्त्री पन्तले शुक्रबार नै विज्ञप्ति जारी गरेर शिक्षकहरूलाई वार्तामा बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट