Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन : मुख्यमन्त्री आचार्य

सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन : मुख्यमन्त्री आचार्य

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिपक्षीय सहकार्यले मात्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन सकिने बताएका छन्।पाल्पास्थित रामतुलसी नमुना माध्यमिक विद्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले शिक्षक, अभिभावक र विद्यार्थीबिचको सहकार्यले मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिने धारणा राखेका हुन् ।

उनले सामुदायिक विद्यालयको नतिजा खुम्चिएको बताउँदै यसले चिन्ता थपेको बताए। नतिजा सुधार्न गुणस्तरीय शिक्षा आवश्यक रहेको र यसका लागि शिक्षकको भूमिका बढाउन जरुरी रहेको उनको भनाइ छ । उनले सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ नभएकोले अव सन्तोष गर्ने अवस्थामा पुर्‍याउन मेहनत बढाउन जरुरी बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट