काठमाडौं : सर्वोच्च अदालतले तीन दिनभित्र काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले विहिवार सो आदेश जारी गरेको हो ।
अधिवक्ताद्वय श्रवणकुमार चौधरी र माधवराज शर्मा पोख्रेलले चैत १० गते शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य नै अन्योलमा परेको भन्दै रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्कि नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij