Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

स्थानीय समुदायको जीवन स्तर उकास्न पाँच वटा सामुदायिक वनलाई जोडर खगेरी राप्ती मध्यवर्तीमा जिप सफारी सुरु

स्थानीय समुदायको जीवन स्तर उकास्न पाँच वटा सामुदायिक वनलाई जोडर खगेरी राप्ती मध्यवर्तीमा जिप सफारी सुरु

चितवन :  पूर्वी चितवनका पाँच सामुदायिक वनमा जिप सफारी सुरु गरिएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज जिप सफारीको शुभारम्भ गर्नुभएको हो । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले टिकौली, मिलीजुली, चित्रसेन, बाघमारा मध्यवर्ती सामुदायिक वन र खोरसोर संरक्षित वनलाई जोडेर खगेरी राप्ती मध्यवर्तीमा जिप सफारी सुरु गरेको हो ।

सो अवसरमा मन्त्री शाहीले वनको समुचित उपयोग गर्ने नीति सरकारले लिएको बताउनुभयो ।

वन, वन्यजन्तु र वनस्पतिलाई पर्यटनसँग जोडेर स्थानीय समुदायको जीवनस्तर उकास्ने गरी राष्ट्रिय वनको उपयोग गर्ने नीति सरकारले लिएको उहाँले स्पष्ट पार्नुभयो । मध्यवर्ती क्षेत्रमा अनेकन समस्या रहेको उल्लेख गर्दै मन्त्री शाहीले नियमावली संशोधन गरेर मध्यवर्तीका समस्या हल गर्दै लैजाने बताउनुभयो ।खोरसोर संरक्षित वनबाट सुरु भएको जिप सफारी टिकौली हुँदै बीसहजारी तालसम्म पर्यटकलाई वन, वन्यजन्तु र जैविक विविधताको अवलोकन गराइनेछ । जसमा २० किलोमिटर दूरी जिप सफारी गर्न पाइनेछ ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले तेस्रो पर्यटकीय गन्तव्य सौराहा रहेको रत्ननगरमा पहिलो पटक जिप सफारी सुरु भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले चितवनमा नयाँ पर्यटकीय गन्तव्यको थालनी भएको बताउनुभयो ।

सो अवसरमा रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेल, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष वासु ढुङ्गाना, अध्यक्ष दुर्गाप्रसाद घिमिरेलगायतले पर्यटन प्रवद्र्धनका लागि सबै क्षेत्र एक हुन जरुरी रहेको बताउनुभयो । यसअघि मन्त्री ठकुरीले आजै राप्ती नदीमा १५ पोथी गोही छाड्नुभएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij