चितवन : वन तथा वातवरण मन्त्री ऐन बहादुर शाहीले सरकार वन्यजन्तु संरक्षणका लागि नयाँ रणनितिका साथ अघि बढी रहेको बताउनुभएको छ । बिहिबार चितवन राष्ट्रिय निकुञ्जको स्थलगत निरिक्षणका क्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्नुहुदैँ मन्त्री शाहीले वन्यजन्तु संरक्षणमा सरकारले छिट्टै नयाँ रणनिति अपनाउने बताउनुभएको हो ।
दुर्लभ वन्यजन्तु संरक्षणका लागि सरकारले आहार र मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरणका लागि व्यवस्थापनमा बजेट वृद्धि गर्ने उहाँको भनाई छ ।
सो अवसरमा चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदीमा १५ वटा दुर्लभ पोथी घडियाल गोही नदमिा छाडेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका चार बर्ष भन्दा मुनीको १५ वटा पोथी घडियाल गोहीलाई नदीमा छाडेका हुन् ।
मन्त्री शाहीसहित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देश्क निर्देशक रामचन्द्र कडेँल,,वरिष्ठ इकोलोजिष्ट हरि भद्र आचार्य, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डा। गणेश पन्त, चितवन राष्ट्रि निकुञ्ज सुरक्षार्थ खटिएका नयाँ गोरख दल गणका गणपति प्रमुख सेनानी शिवराम बस्न्यात,चितवन रष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनास थापा मगर राष्ट्रिय प्रकृति संरक्षणकोष सौराहाका प्रमुख राज कुमार गुरुङ र रेडिसन नेपालका विष्णु थपलिया लगायतले संयुक्त रुपमा गोही छड्नुभएको हो ।
चालु आर्थिक बर्षमा हाल सम्म १३३ वटा गोहीलाई प्राकृतिक वास्थानमा छाडेको चितवन राष्ट्रिय निकुञ्जले जनएको छ ।
सन् २०२४ को गणना अनुसार राप्ती र नारायाणी नदीमा ३५२ वटा घडियाल गोही रहेको छ । हिजो चितवन आउनुभएका मन्त्री शाहीले टाइगर टप्स, हात्ती प्रजनन केन्द्र लगायतको अवलोकन गर्नुभएका मन्त्री शाहीले हात्ती सफारी र जिप सफारी समेत गर्नुभएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij