Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पहलगाममा ज्यान गुमाएका नेपालीको विवरण पुष्टि गर्दैछौँ : परराष्ट्रमन्त्री राणा

पहलगाममा ज्यान गुमाएका नेपालीको विवरण पुष्टि गर्दैछौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य आतङ्कवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवं दुःखी भएको बताएकी छिन्।

सामाजिक सञ्जाल एक्समार्फत उनले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गरेकी हुन्।

परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गरेकी छिन्। साथै, उनले घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना पनि गरेकी छिन्।‘नेपाल सरकार दुस्खको यस घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धताका साथ उभिएको छ’, एक्समा उनले लेखेकी छिन्।

परराष्ट्रमन्त्री डा देउवाले उक्त दुःखद घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको जनाउँदै त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने पनि उल्लेख गरेकी छिन्।मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २८ जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट