काठमाडौँ : नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ ।पार्टी सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गरेकाले खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ ।’सभापति देउवा आइतबार थाइल्यान्डको राजधानी बैंकक गएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij