Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

गणतन्त्रमाथि कुनै खतरा छैन, पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन केही कुराले रोक्दैन : प्रचण्ड

गणतन्त्रमाथि कुनै खतरा छैन, पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन केही कुराले रोक्दैन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै पनि कुराले नरोक्ने दाबी गरेका छन् ।आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले संवैधानिक, कानूनी र अन्तर्राष्ट्रिय परम्परा केहीले पनि उनीहरूलाई राजनीतिमा आउन नरोक्ने जिकिर गरे ।

प्रचण्डले भने–‘संवैधानिक, कानूनी र अन्तर्राष्ट्रिय परम्परा कुनैले पनि रोक्दैन । उहाँहरू राजनीतिमा आउने इच्छा भयो भने रोक्ने कुनै पनि कुरा छैन । उपरराष्ट्रपतिजी म पार्टीको सिपाहीकै रुपमा काम गर्न चाहन्छु भनिसकेपछि केही कुराले रोक्दैन । मुख्य कुरा गणतन्त्र राम्रो हुनुपर्‍यो ।’

साथै, उनले राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै जोगाएर गणतन्त्र नजोगिने जिकिर गरे । गणतन्त्रमाथि कुनै खतरा नरहेको बताएका उनल भने–‘राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै बचाएर गणतन्त्र बच्ने होइन । यो नामले बच्ने होइन । कामले बच्ने हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट