Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रविले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता

रविले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता

काठमाडौं : आफूलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् ।उनको निवेदन दर्ता भइसकेको अदालतले जनाएको छ । लामिछानेले आफूलाई प्रचलित कानून विपरित थुनामा राखिएको र थुना संविधान विपरित भएको दाबी गरेका छन् ।

गैरकानूनी थुनामा राखेको व्यक्तिलाई रिहा गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिन्छ । त्यसका लागि थुनामा रहेको व्यक्तिले आफू गैरकानूनी रुपमा थुनामा रहेको पुष्टि गर्नुपर्छ ।लामिछानेले आफू गैरकानुनी रुपमा थूनामा राखिएको भन्दै निवेदन दर्ता गराएका हुन् ।

यसअघि थुनामा पठाउने उच्च अदालतको आदेश बेरितको भएको भन्दै अर्को निवेदन पनि सर्वोच्च अदालतमा दर्ता गरेका थिए ।त्यो निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट