Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

ताप्लेजुङ नाराबाजीपछि योगेशले भने – विवेकले काम गरौँ, प्रायोजकको हतियार नबनौँ

ताप्लेजुङ नाराबाजीपछि योगेशले भने – विवेकले काम गरौँ, प्रायोजकको हतियार नबनौँ

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले विरोध र समर्थन सभ्यताको सीमाभित्र हुनुपर्ने बताएका छन् । शुक्रवार गृह जिल्लामा आफू विरुद्ध ‘नो केबलकार समूह’ले गरेको नाराबाजीपछि सामाजिक सञ्जालमार्फत भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।उनले लेखेका छन्, ‘जसले जति जानेको छ र गर्न लगाइएको त्यति नै गर्ने हो । मेरो आग्रह–विवेकले काम गरौँ, प्रायोजकको हतियार नबनौँ, सामाजिक एकता र सद्भाव कायम राखौँ।’

आफू विरुद्ध दुई–चार जनाले लगाएको नारा नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोगको रूपमा आफूले लिएको भट्टराईले टिप्पणी गरेका छन्। यसमा आफूलाई कुनै दुःख नलागेको उनको प्रतिक्रिया छ। ‘तर, विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनुपर्छ’, उनले लेखेका छन्।

शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको लेलेपमा आयोजित कञ्चनजङ्घा हीरक महोत्सवको उद्घाटनमा पुगेका भट्टराईविरुद्ध ‘नो केबलकार’ र ‘पहिचानवादी समूह’का कार्यकर्ताले नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट