Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सामाजिक सञ्जाल दर्ता गर्न कोही आउँदैन, सरकारलाई नै टेर्दैन : सञ्चारमन्त्री गुरुङ

सामाजिक सञ्जाल दर्ता गर्न कोही आउँदैन, सरकारलाई नै टेर्दैन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने बताएका छन् ।शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एकमहिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगाएतका सामाजिक सञ्जाल दर्ता हुन कोही नआएको बताए ।मन्त्री गुरुङले भने,‘सरकारले तोकेको म्याद एक महिना पुग्न दुई तीन दिन बाँकी छ । सामाजिक सञ्जाल दर्ता गर्न कोही आउँदैन । सरकारलाई नै टेर्दैन।’

नेपालमा सञ्चालन हुने सवै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिवन्ध लाग्ने मन्त्री गुरुङको भनाई थियो ।सामाजिक सञ्जाल सम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट