Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

६ लेन सडकको प्रधानमन्त्री ओली, मन्त्री सिंह र मेयर रेनु दाहालद्धारा संयुक्त रुपमा उद्घाटन

६ लेन सडकको प्रधानमन्त्री ओली, मन्त्री सिंह र मेयर रेनु दाहालद्धारा संयुक्त रुपमा उद्घाटन

चितवन :  ६ लेनमा विस्तारित पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओली, शहरी विकास मन्त्री प्रकाशमान सिंह र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

छ लेनमा विस्तारित ६.०८ किमी लामो पुलचोक–गोन्द्राङ सडकको उद्घाटन प्रधानमन्त्री केपी ओलीसगैँ मन्त्री र मेयर रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

प्रम ओलीले नै चार वर्ष अगाडि २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास गर्नुभएका थियो । भरतपुर महानगर प्रमुख रेनुको पहलमा संघीय सरकारको बजेमा सडक विस्तार गरिएको हो ।

सडकको उद्घाटन लगायत चितवन–नवलपुरका विभिन्न कार्यक्रममा सहभागी हुन प्रम ओली नेपालीको सेनाको हेलिकप्टरमा चितवन आउनुभएको थियो।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रम ओलीले यसअघि सुरुमा इच्छाकामना गाउँपालिकाको नयाँ प्रशासकिय भवनको उद्घाटन गर्नुभएको थियो । त्यसपछि भरतपुर आएर पुलचोक–गोन्द्राङ सडकको उद्घाटन गर्नुभएको हो ।

सुरूमा एक अर्ब १२ करोड रूपैयाँमा काम सक्ने गरी पुलचोक–गोन्द्राङ सडक विस्तारको जिम्मा इन्डो सगुन जेभीले पाएको हो । निर्माणका क्रममा लागत बढेर एक अर्ब ७६ करोड रूपैयाँ पुगेको हो । सडक विस्तारपछि भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १।२ मिटरसम्मले घटाइएको हो । सडकको दायाँ–बायाँ ११.५ ११.५ मिटरको एक्सप्रेस लेन रहेको छ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन छ, जहाँ दुबो र बिरूवा लगाइसकिएको छ ।

एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठूला नाली छन् । नालीभन्दा बाहिर दुवैतर्फ छ मिटरसम्मको सर्भिस लेन रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ रहेको छ । एक्सप्रेस लेन लामो दूरीका सवारीसाधन र सर्भिस लेन छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि निर्माण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij