Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नारायणी नदीमा बेपत्ता भएका अर्को बालकको पनि शव भेटियो

नारायणी नदीमा बेपत्ता भएका अर्को बालकको पनि शव भेटियो

मध्यविन्दु(नवलपरासी) : नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका १५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुवै जना बालकको शव भेटिएको छ । साथीहरू सँग मङ्गलवार नारायणी नदीमा पौडी खेल्न गएका दुई जना बालक डुबेर बेपत्ता भएका थिए । बेपत्ता मध्य एक जनाको हिजो शव भेटिएको थियो भने अर्का एक जनाको आज शव भेटिएको हो ।मध्यविन्दु नगरपालिका १२ बस्ने १५ वर्षीय विजय पौडेलको शव आज नारायणी नदीमा भेटिएको प्रहरी नायव उपरीक्षक मधु नेपालीले बताउनु भयो ।

मध्यविन्दु नगरपालिका १२ बस्ने १३ वर्षीय प्रज्वल पौडेलको शव बुधवार दिउँसो नदीमा भेटिएको थियो ।पाँच जना बालकहरू बिदाको समयको सदुपयोग गर्ने भन्दै नारायणी नदी किनारमा ड्राइ पिकनिक जान्छु भनी गएकोमा दुई जना पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । मृतक दुई बालक दाजु भाइका छोराहरू रहेका छन् ।दुवै बालकको शवलाई पोस्ट माटमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरी नायव उपरीक्षक नेपालीले जनकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट