गोरखा: गोरखाको बिकट बस्ती बिहीमा ६५ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।बैशाख २ र ३ गतेअति बिकट चुमनुम्री गाउँपालिकाको दुर्गम बस्तीमा आँखा शिविर सञ्चालन गरी मोतिबिन्दुको सफल उपचार गरिएको हो ।आज सम्म पनि यो गाउँमा यतायतको सुबिधा पुगेको छैन ।
तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक डा सन्दुक रुइतको उपस्थितिमा यस चुमनुब्रि गाउँ पालिका भित्रका सयौँ जना आँखाका बिरामीहरुको आँखा परीक्षण गरिएको थियो ।जसमध्य ६५ जनाको मोतिबिन्दुको सफल शल्यक्रिया भएको चुमनुब्रि गाउँ पालिकाका अध्यक्ष निमा लामाले जनाकरी दिनुभयो ।
सो शिविर तिलगंगा आँखा प्रतिष्ठान ,चुमनुब्रि गाउँपालिका ,सेराङ गुम्बा र देलेक फाउन्डेशनले संयुक्त रुपमा अयोजना गरेको अध्यक्ष लामाले बताउनु भयो ।यस्तो विकट बस्तीमा आधुनिक सुविधासहितको उपचार सेवा पाउँदा आफूहरु निकै खुशी भएको बिहीका स्थानीयहरुको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij