Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बिचौलियाका कारण सरकारले गभर्नर नियुक्ति गर्न सकेन : प्रचण्ड

बिचौलियाका कारण सरकारले गभर्नर नियुक्ति गर्न सकेन : प्रचण्ड

बुटवल : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार र बिचौलियाबिच घनिष्ठ सम्बन्ध रहेको बताएका छन् ।

आज भैरहवामा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले बिचौलियाकै कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको उल्लेख गरे । सरकारले राम्रालाई नियुक्त गर्ने भन्दा बिचौलियालाई अवसर दिने गरेको उनको आरोप छ । बिचौलियाकै इशारामा सरकारले राम्रा कर्मचारीलाई दुख दिने गरेको प्रचण्डले बताए ।

सरकार असंवैधानिक भएको आरोप लगाउँदै उनले यो सरकार दुई तिहाइको नभई षड्यन्त्र र अपारदर्शीको भएको उल्लेख गरे । कांग्रेस र एमालेका एक दुई जना नेता बाहेक अरूलाई थाहा नदिई अपारदर्शी ढङ्गले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन ओलीको नेतृत्वमा सरकार बनाइएको प्रचण्डको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट