Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

विभेद अन्त्यका लागि सामाजिक न्यायको मुद्दा स्थापित हुनुपर्छः अध्यक्ष प्रचण्ड

विभेद अन्त्यका लागि सामाजिक न्यायको मुद्दा स्थापित हुनुपर्छः अध्यक्ष प्रचण्ड

पश्चिम नवलपरासी : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायको मुद्दा स्थापित हुनुपर्ने बताउनुभएको छ। तराई मधेशका समाजमा देखिएका विभेद अन्त्य गर्न सामाजिक न्यायको सिद्धान्त अनुरूप विभेद हटाउनुपर्नेमा जोड दिनुभयो। ‘जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियान’ अन्तरगत बुधबार प्रतापपुरमा आयोजित सभालाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले मधेशमा देखिएका नागरिकताका समस्या, जातीय, भाषिक तथा क्षेत्रीय विभेद अन्त्य गर्न सदन र सडकबाट आवाज उठाउने बताउनुभयो।

मधेशमा कृषि क्रान्तिको सम्भावना हुँदाहुँदै पनि अपेक्षाकृत रूपमा विकास हुन नसकेको उल्लेख गर्दे उहाँले भारतबाट अवैध रूपमा आयात हुने कृषि उपजको नियन्त्रण सरकारले तत्कालै गर्नुपर्नेमा जोड दिनुभयो।

भारतबाट आउने उखु र केरा रोक्न नसक्दा यस क्षेत्रका किसान मारमा पर्दै आएको बताउँदै दाहालले रासायनिक मलको समयमै व्यवस्थापन र सिँचाइ सुविधा विस्तार गर्न सके उत्पादनमा भारी वृद्धि गर्न सकिने धारणा व्यक्त गर्नुभयो। अध्यक्ष दाहालले विगतमा माओवादीबाट केही त्रुटि भएको उल्लेख गर्दे त्यसलाई आत्मबोध गर्दे समाजवाद र समानताको युग स्थापना गर्न जनतामा फर्किएको उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट